प्रेस युनियन मुगुको अध्यक्षमा रोकाया निर्विरोध

Image
राज्यश्वोर मल्ल मुगु –नेपाल प्रेस युनियन मुगु शाखाको चौंथो जिल्ला अधिवेशनबाट नन्दबहादुर रोकायाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । शनिवार सम्पन्न चौथों अधिवेशनले रोकायाको नेतृत्वमा १५ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो । प्रतिनिधिसभा सदस्य ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा भएको अधिवेशनले अध्यक्षमा नन्द बहादुर रोकाया, उपाध्यक्षमा हरिकृष्ण एडि (खुल्ला) र समावेसी उपाध्यक्षमा ज्ञानीमाया भाम एडि, सचिवमा नवराज रावल, सहसचिवमा दिपा भण्डारी, कोषाध्यक्षमा सविना भाम चयन भएका छ्न् भने सदस्यहरुमा रवि हमाल, कृष्ण बोहरा, सोनाम लामा, असल शाही, सक्क बुढा , नन्द सिंह रोकाया निर्विरोध निर्वाचित भएका छ्न् । रोकाया विगत ११ वर्षदेखि पत्रकारिता गर्दै आएका छन् भने ५ वर्षदेखि सौर्य दैनिक पत्रिकामा मुगु जिल्ला संवाददाताका रुपमा काम गर्दै आएका छन् । उनी हिमालय टेलिभिजनमा समेत आवद्ध छन् ।
Tags: