चीनतर्फ भन्सार नाका सहज बनाउन जुत्ता चप्पल व्यवसायीको माग

Image
काठमाडौं - चीनबाट आउने सामान भन्सार सहज बनाउन जुत्ता चप्पल व्यवसायीले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग माग गरेकाछन् । नेपाल जुत्ता चप्पल आयात संघले पछिल्लो एक सातादेखि चीनबाट आउने जुत्ता चप्पल लगायतमा सामान भन्सार पास नभएको भन्दै भन्सार सहजीकरण गरिदन अर्थमन्त्रीसँग माग गरेका हुन् । संघका अध्यक्ष थानेश्वर ज्ञवालीले केरुङ भन्सार नाका लगायत अन्य विभिन्न नाकाबाट अवैध रूपमा जुत्ता चप्पल नेपाल आउँदा भन्सार तिरेर कानून बमोजिम आयात गर्ने व्यवसायी मर्कामा परेको बताए । उनले नेपाल चीन व्यापारी नाका केरुङ नाकाबाट नेपाल भित्रने सामान एक सातादेखि भन्सार हुन नसक्दा व्यवसायी मारमा परेको बताए । उनले सरकारले यो विषयमा उचित अनुगमन गरी सरकारको सन्दर्भ मूल्यको दरमा भन्सार जाँच पास हुनुपर्ने संघको माग रहेको बताए । नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले भन्सार नाकामा अवैध रूपमा हुने सामान आयातले राज्यलाई नै घाटा हुने बताए । उनले राज्यले अवैध रूपमा हुने जुत्ता चप्पल आयात र नक्कली ब्राण्डका सामान विक्री वितरण रोक लगाउन आवश्यक रहेको बताए । उनले अन्तरराष्ट्रिय ब्राण्डका निक एडिडास, पुना लगायतका जुत्ता उत्पादन गरी बिल जारी नगरी बेचविखन गर्ने समूह सक्रिय रहेको बताए । उनले सरकारले प्रभावकारी अनुगमन गरी नियन्त्रण गर्नुपर्ने बताए ।
Tags: