एफडी मोटर्सका स्कुटर किन्दा कुमारी बैंकले कर्जा दिने

Image
काठमाडौं – एफडी मोटर्स ब्रान्डका इलेक्ट्रिक स्कुटरहरू किन्न चाहने ग्राहकले शून्य प्रतिशत ब्याजदरमा डाउन पेमेन्ट बिनै ३ लाखसम्म कर्जा पाउने भएका छन्। एफडी मोटर्सका स्कुटर किन्दा कुमारी बैंकले कर्जा दिने भएको छ । एफडी माटर्सको आधिकारिक विक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालि र कुमारी बैंकबीच इलेक्ट्रिक स्कुटर किन्न चाहने ग्राहकलाई क्रडिट कार्डमार्फत् कर्जा उपलब्ध गराउने सम्झौता भएको हो। जसअन्र्तगत कुनै पनी ग्राहकहरुले कुमारी बैंक ली। वा एफ डि मोर्टर्सका सोरुमहरूमा गई आवश्यक पर्ने कागजात दिएर १२ महिना देखी १८ महिना सम्मको किस्ता तिरेर इलेक्ट्रिक स्कुटरहरु खरिन सकिने बताइएको छ। यदी कुनै पनी ग्राहकले कर्जा को भुक्तानी अग्रीम रुपमा गर्न चाहेमा बिना शुल्क भुक्तानी गर्न सक्ने पनि सम्झौता भएको छ। एफ डी मोटर्सले हाल दुईवटा मोडलको इलेक्ट्रिक स्कुटर बिक्री गर्दै आएको छ। जसमा एफ फाइबको मूल्य २,६१,९९९ र एफ फाइब ए को मूल्य २,९७,९९९ रहेको कम्पनीले जनाएको छ।
Tags: