कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार महासंघ पूर्व अध्यक्ष झालाई

Image
मोरङ– कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार महासंघका पूर्व अध्यक्ष तथा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झालाई प्रदान गरिएको छ । पिताम्बर खिलेश्वरी स्मृति प्रतिष्ठान र नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले आज विराटनगरस्थित आयोजना गरेको एक कार्यक्रममा झालाई सो पुरस्कार प्रदान गरिएको हो । उनलाई रू. २५ हजार राशिको पुरस्कार र सम्मानपत्र कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदान गरेका थिए । लामो समयदेखि पत्रकारितामा पु¥याएको योगदानको कदरस्वरुप झालाई सम्मान गरिएको पत्रकार महासङ्घ मोरङले जानकारी दिएको छ। कोशराज रेग्मी स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार २०४५ सालदेखि निरन्तर मोति जयन्तीका अवसर पारेर प्रदान गरिँदै आएको छ । मोति जयन्तीका दिन शोक बिदा भएकाले एक दिन ढिलो गरेर पुरस्कार वितरण गरिएको पत्रकार महासङ्घ मोरङले जानकारी दिएको छ ।
Tags: