बैतडीको पाटनमा ग्लोबल आइएमई बैंकको ३५१औं शाखा

Image
काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले बैतडीको पाटन नगरपालिका–६ पाटन बजारमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । आइतवारदेखि सञ्चालनमा आएको नयाँ शाखाको पाटन नगरपालिकाका नगरप्रमुख गौरी सिंह रावलले एक समारोहकाबीच उद्घाटन गरेका हुन् । नयाँ शाखाको सञ्चालनसँगै बैंकको शाखा संख्या ३५१ पुगेको छ । बैंकले यसका अतिरिक्त ३६९ एटीएम, २७४ शाखारहित बैंकिङ सेवा, ६६ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ ओटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १ हजार १०० भन्दा बढी सेवा केन्द्रबाट ४५ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको बताएको छ ।
Tags: